सिलगढ़ी: नेपालमा आजदेखि शुरू भएको पाँचौ अन्तर्राष्ट्रिय योगा प्रतियोगितामा भाग लिनका लागि सिलगढीका १५ योगा खेलाडीहरु आज नेपाल प्रस्थान गरेका छन्। प्रतियोगीहरुलाई शुक्रबार बिहान प्रधाननगरको नबाङ्कुर क्लब अगाडि सम्मानपूर्वक प्रस्थान गराइयो।योगा प्रतियोगिता नेपालको झापामा सञ्चालन भइरहेको छ। जसमा भारतबाट जम्मा ३० खेलाडीहरुले भाग लिइरहेका छन्। प्रतियोगिता ३० अप्रेलसम्म चल्नेछ। प्रतियोगितामा कुल ६ बिधा रहने भारतीय टोलिका प्रसिक्षक शिव हाजराले बताएका छन्। योगा च्याम्पियनशीपमा उत्तरबंगाल योगा खेलाड़ीहरुको राम्रो परिणाम रहेको पनि हाजराले बताएका छन्।