भारी मात्रामा मदिराको साथ भारतीय पक्राउ

IMG-20230408-WA0112.jpg

जलपाईगढ़ीः जिल्लामा भारत-बांग्लादेश सीमामा तैनात उत्तर बंगाल फ्रन्टियरको सिलगढ़ी सेक्टर अन्तर्गत १५औं बटालियन सीमा सुरक्षा बल (बीएसएफ) को बर्डर आउट पोस्ट (बीओपी) महादेवका जवानहरूले एक भारतीय नागरिकलाई भारी मात्रामा मदिराको साथ पक्राउ गरेका छन्।

पक्रा परेका भारतीय नागरिकको नाम बिबेक सेन (२७) बताइएको छ। बीएसएफले शुक्रवार प्रेस विज्ञप्ती जारी गरी यसको जानकारी दिएको छ। प्राप्त जानकारी अनुसार, बिबेक सेनलाई त्यस समय पक्राउ गरियो जब युवक मदिराको बोतललाई अवैध रूपमा तस्करी गरी आफ्नो ई-रिक्शामा भारतदेखि बांग्लादेश लगिरहेको थियो। आरोपितदेखि जवानहरूले 36 बोतल मदिरा जफत गरेका छन्। बीएसएफले जफत गरिएको समानहरूको साथ आरोपितलाई अघिको कारबाहीको निम्ति कोतवाली थानालाई सुम्पेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement