उदालगढी उदालगढी जिल्लाको माजबाटको गेरूबारीमा ट्रेनको चपेटमा पर्दा आमा र दुई नानीको घटनास्थलमै मृत्यु भयो।पुलिसले जानकारी गराएको छ, आज एक ट्रेन दुर्घटनामा एक महिला र उसकी छोरी र छोराको घटनास्थलमै मृत्यु भयो। यो भीषण दुर्घटना रेलगेट नम्बर ४१ र ४२ बीच भएको हो। दुर्घटनामा ज्यान गुमाउने महिलाको पहिचान माजबाटको फुहुराबाड़ी निवासी दुतामी कुल्लूको रूपमा गरिएको छ।
स्थानीय मानिसहरूलाई आशंका छ कि महिलाले दुई नानीको साथ आत्महत्या गरेको हो। घटनाको सूचना पाउनसाथ घटनास्थलमा पुगेको रेलवे पुलिसको टीमले तीनै शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति अस्पतालमा पठाएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेछ।