अलिपुरद्वार: अभिषेक ब्यानर्जीको जनसभा भएको २४ घण्टा नबित्दै बीजेपीले कल्चिनीमा विधायक विशाल लामाको नेतृत्वमा योगदान कार्यक्रम आयोजना गर्यो। जसमा ठूलो संख्यामा तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरू तृणमूल छोडेर भाजपामा सामेल भए।बिहीबार कालचिनी क्षेत्रमा अभिषेक ब्यानर्जीको जनसभा आयोजना गरिएको थियो। शुक्रबार कालचिनी मोदी लाइनमा बीजेपीले आयोजना गरेको कार्यक्रममा ४३ परिवारका सदस्यहरू तृणमूल छोडेर भाजपामा सामेल भए। विधायक विशाल लामाले सबैलाई भाजपाको झण्डा दिएर पार्टीमा स्वागत गरे।