रांगापानीमा बन्द समर्थक र तृणमूल समर्थकबीच चर्को तनाव

150bd0b2-8580-4902-bb3a-5d1daac6b6d4

पुलिसको सक्रियताका कारण मामिला नियन्त्रणमा

सिलगढी: बीजेपीद्वारा आह्वान गरिएको १२ घण्टाको उत्तरबंगाल बन्द अवधि रांगापानी क्षेत्रमा तृणमूल र बीजेपी समर्थकहरूबीच तनाव सृजना भयो। तर, पुलिसको हस्तक्षेपका कारण घटना बढ्नबाट जोगिएको थियो। तृणमूल समर्थकहरूले बन्दका समर्थकहरूलाई आक्रमण गर्ने प्रयास गरेको आरोप छ। धेरैले कुटपिट गरेको गुनासो गरेका छन्। कालियागञ्जको नृशंस घटनाका कारण केही दिनयता प्रदेशको राजनीतिमा तरलता आएको छ। जनताले डोली बर्मन र मृत्युञ्जय बर्मनको हत्याको न्याय मागिरहेका छन्। यसैबीच, भाजपाले १२ घण्टाको उत्तर बंगाल बन्दको आह्वान गरेको छ। यसै अन्तर्गत नक्सलबारी ब्लक अन्तर्गत रांगापानीमा बन्दलाई लिएर प्रदर्शन सुरु भएको थियो। यसक्रममा तृणमूल समर्थकहरूले, बन्दको समर्थनमा सडकमा आएका आम जनतालाई कुटपिट गरेको आरोप छ। मौसमी सिंह नामकी महिलाले तृणमूल समर्थकहरूले उनलाई कुटपिट गरेको आरोप लगाएकी थिइन्। तर, पुलिस प्रशासनको सक्रियताका कारण घटना छिट्टै नियन्त्रणमा आएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *