जलपाइगढी जिल्लाका विभिन्न प्रान्तमा अभिषेक ब्यानर्जीको कार्यक्रम, युवाहरूको ओइरो

5d092764-c8cc-42b5-b8cc-d119bde3737d

जलपाइगढी: तृणमूल महासचिव अभिषेक ब्यानर्जीले शुक्रबार जलपाइगढी जिल्लाका विभिन्न भागहरूमा व्यापक जनसम्पर्क कार्यक्रम सञ्चालन गरे। यस अन्तर्गत उनले धुपगढीको मजार शरीफमा जनसम्पर्क गरे र त्यसपछि बानरहाट ब्लकको हल्दीबारी पुगे। त्यहाँ उनलाई युवाहरूले भव्य स्वागत गरेका थिए। अभिषेक ब्यानर्जीको एक झलक पाउन उत्सुक सडकको दुबै छेउमा मानिसहरू लाइनमा बसेका थिए। उनलाई स्वागत गर्न आदिवासी नृत्य प्रस्तुत गरिएको थियो। उनी हल्दिबारीस्थित बिरसा मुण्डाको शालिकमा माल्यार्पण गरी दिउँसो १२ बजे जनसम्पर्क पछि नगरकट्टा प्रस्थान गरे।

अभिषेकको नवजोआर यात्रा वीरपाडाबाट जलपाइगढी जिल्लाको गयरकटा पुग्यो। गयरकटा बजार पुगे पछि उनी सर्वसाधारणसँगै नवजोआर यात्रामा सामेल भए। अभिषेक ब्यानर्जीको कार्यक्रममा त्यहाँ पनि युवाहरूको ओईरो लागेको थियो। त्यसपछि उनी फेरि धुपगढी मजार शरीफ फर्किए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement