जातिय उन्मुक्तिको चाहन्छौं भने हामीले बगालको दासत्व स्वीकार्नु हुँदैन: लाडुप घिसिङ

IMG-20230428-WA0351.jpg

मिरिक: हाम्रो पार्टी मिरिक महमुमा कार्यालयमा आज प्रशान्त लामाको सभापतित्वमा एक महत्वपूर्ण सांगठनिक सभा सम्पन्न भएको छ। सभामा गत केही दिन अघि हाम्रो पार्टीलाई साथ दिन आएका भागोप्रमो मिरिक महकुमा युवा शक्ति संयोजक अरूण मोक्तानलाई २३, २४ र २५ समष्टिका नेतृत्वहरूले न्यानो स्वागत जनाउँदै खदा-माला अर्पण गरेका थिए।

२३ २४ र २५ समष्टिका अध्यक्ष- सचिव, नारी नेतृत्वगण, श्रमिक संगठन अनि मिरिक टाउनका प्रतिनिधिहरुले आ-आफ्नो प्रतिवेदन एंव महत्वपूर्ण सुझावहरू राखे भने भावी कार्यक्रमहरूमाथि पनि व्यापक छलफल गरिएको जानकारी प्राप्त भएको छ। २३ समष्टि सचिवद्वारा सञ्चालित सभाकै क्रममा सर्वसहमतिको आधारमा केन्द्रीय प्रवक्ता लाडुप घिसिङले पार्टी अध्यक्ष अजय एडवर्ड महासचिव फुर्तेम्बा भुटिया एवं हिल तराई चिया श्रमिक संगठनका केन्द्रीय समितिका नेतृत्वहरूद्वारा दिइएको दायित्व अनुरूप गोपालधारा चियाबारी, थर्बु चियाबारी, मर्मा चियाबारी अनि घैयाबारी चियाबारीको निम्ति श्रमिक संगठन गठनार्थ विशेष निर्देशसहित संयोजकहरू नियुक्त गर्दै भने,”हाम्रो लक्ष्य स्पष्ट छ।

चुनाव आउँछ जान्छ तर जातीय उन्मुक्ति चाहन्छौं भने हामीले बगालको दासत्व कदापि स्वीकार्नु हुँदैन।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement