उत्तर दिनाजपुर: उत्तर दिनाजपुरको कालियागञ्जमा भाजपा कार्यकर्ताको मृत्यु भएको आरोप लगाउँदै, राज्य भाजपा नेतृत्वले शुक्रबार १२ घण्टाको उत्तर बंगाल बन्दको आह्वान गरेको छ। यसको व्यापक प्रभाव उत्तर दिनाजपुर जिल्लामा बिहानैदेखि देखिएको छ। बिहानैदेखि कुनै पनि निजी बस सडकमा गुडेका छैनन् ।त्यसैगरी जिल्लाका पसल तथा बजार बन्द रहेका छन्। सडकमा निजी बस नचले पनि केही सरकारी बस गुडेका छन्। बिहानैदेखि अन्य दिन सरह सहरमा तथा जिल्लाका विभिन्न स्थानहरूमा भीड देखिएको छैन। केही सवारीसाधन मात्र गुडिरहेको देखियो। तर सडकमा केही सरकारी बस गुडे।यस हड्ताललाई लिएर कुनै अप्रिय घटना हुन नदिन विभिन्न ठाउँमा ऱ्याफ सहितको भारी पुलिस बल परिचालन गरिएको छ।










