कोलकाता: महानगर कोलकाताका सडकहरूमा चल्ने निजी बसहरूको भाड़ा वृद्धिलाई लिएर एक पल्ट फेरि मतभेदको सम्भावना छ। पश्चिम बंगाल सरकारले शुक्रवार स्पष्ट गरेको छ कि निजी बसहरूको भाडा बढाइनेछैन। २०१८ मा जुन भाड़ा तय छ, त्यही लिनपर्नेछ। यसका साथै बसहरूमा भाड़ा सूची टाँस्नपर्नेछ यसो नगरिए कड़ा कारबाही हुनेछ। परिवहन मन्त्री सन्शीष गांगुलीको साथ बस मालिकहरूको संगठनहरूको बैठक शुक्रवार बसेको छ। यसैमा यो स्पष्ट गरिएको छ। त्यही बस मालिकहरूको संगठनले पनि स्पष्ट गरेको छ कि यदि ठूला बसहरूको भाड़ा ५०.७८ प्रतिशत र मिनी बसहरूको भाड़ा ४४ प्रतिशत बढ़ाइएन भने आगामी तीना हप्ताभित्र सड़कहरूमा बसहरू चल्नु बन्द गरिनेछ। मालिकहरूले स्पष्ट गरे, यस पाली अनिश्चितकालीन हड़ताल हुनेछ। २०१८ पछि कोरोना र त्यसपछि डीजल, पेट्रोल, मोबिलको दरहरूमा अथाह बढ़ोतरी भएको छ। यस्तोमा पुरानो भाडामा बस चलाउनु सम्भव छैन।










