सांसद खगेन मुर्मुद्वारा  मुख्यमन्त्रीको राजीनामाको माग

IMG-20230410-WA0169.jpg

उत्तर दिनाजपुर: उत्तर दिनाजपुर जिल्लाको कालियागञ्ज क्षेत्रमा एकजना बालिकाको बलात्कार र हत्यालाई लिएर पूरै उत्तर बङ्गालमा हङ्गामा मच्चिएको छ। उत्तर मालदाका सांसद खगेन मुर्मुले घटनाको बारेमा दिल्लीमा विरोध प्रदर्शन गरेl घटनाको कडा निन्दा गर्दै उनले पश्चिम बङ्गालकी मुख्यमन्त्रीको राजीनामा माग गरे। बालिकाको बलात्कारपछि हत्या भएको पीडित परिवारको आरोप छ। तर पोष्टमार्टम रिपोर्ट आउनअघि पुलिसले विष सेवन गरेर आत्महत्या गरेको जनाएको भनाइ छ। अनुसन्धानको नियमलाई बेवास्ता गर्दै अनुसन्धानमा लापरवाही गरेको भन्दै आक्रोशित जनताले आन्दोलन शुरू गरेका छन्। खगेन मुर्मुले घटनालाई लुकाउन सरकारले पुलिसलाई प्रयोग गरिरहेको आरोप लगाएका छन्। राज्यको शान्ति सुरक्षालाई व्यवस्थित गर्न राज्य पुलिस पूर्णरुपमा असफल भएको उनको आरोप छ। केही दिनअघि मालदामा पनि यस्तै घटना घटेको थियो, त्यहाँ पनि एकजना  बालिकाको बलात्कारपछि हत्या भएको थियो। खगेन मुर्मुले दुवै घटनाको सीबीआई जाँचको माग उठाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement