भाजपाको १२ घन्टे बन्द सफल भएको भाजपा नेताहरुको दाबी

1d213a85-5376-4762-b7b0-519f77b7c833

कालचिनीः कालियागञ्ज घटनाको विरोधमा शुक्रबार भाजपाले उत्तरबंगालभरी डाकेको १२ घन्टे बन्द सफल भएको भाजपा नेताहरूले दाबी गरेका छन्। बन्दको समर्थनमा शुक्रबार विहानदेखि भाजपा नेता औ समर्थकहरू बजार चौक र सड़कमा निस्किएको थियो भने यस क्रममा अलिपुरद्वार सहर लगायत जिल्लाको सम्पूर्ण ठाउँहरूमा नै भाजपा नेताहरूले सड़कहरूमा झण्डा लगाएर पिकेटिङ गरेका थिए भने चौपति सड़कहरूमा जमा भएर नारा लगाएको थियो। यस क्रममा आज कालचिनी चौपतिमा जमा भएर भाजपा समर्थक औ नेताहरूले जमेर तृणमूल सरकार विरुद्ध एवम् पुलिस विरुद्ध नारा लगाएको थियो।
उक्त अवसरमा कालचिनी विधायक विशाल लामा लगायत भाजपा नेताहरू उत्तम लामा, राजेश बारला, तोफिल सोरेङ, प्रदिप कुजूर, जयप्रकाश साहा, धर्मपाल केरकेट्टा आलम महली एवम् अन्यान्य नेतृत्वहरूको उपस्थितिमा कालियागञ्ज घटनाको प्रतिवाद गरीएको थियो।
घटनास्थलमा कालचिनी थानाको पुलिसबल आएर भाजपाको प्रायः ४५ जना नेता औ समर्थकहरूलाई पक्राउ गरेर थाना लगिएको थियो। तर पक्राउ गरीएको प्रायः ३ घन्टा पश्चात पीआर बन्डमा सबै बन्द समर्थकहरूलाई छोड़ेको थियो। बन्डमा छुटेर आएका भाजपा ८ नम्बर मण्डल कमिटीको सभापति उत्तम लामा र भाजपा नेता रतन घोषले तृणमूल सरकारको चरम अत्याचार बढ़िरहेको र एकजना नाबालिकलाई दुष्कर्म गरेर निर्मम हत्या गर्दा उक्त नाबालिकाको शवलाई पुलिसले अमानवीय तरीकाले घिसारेर तानेको र बिहीबार फेरि कालियागञ्जमा पुलिसको गोली लागेर भाजपा कार्यकर्ताको मृत्यु भएको घटनालाई प्रतिवाद गर्दै आज शान्तिपूर्वक बन्द डाक्दा पुलिसले भाजपा समर्थकहरूलाई पक्राउ गरेको र तृणमूलको अत्याचार विरुद्ध भाजपाको लड़ाई जारी रहने जनाएका छन्। बिहानदेखि डाकिएको बन्द सफल भएको र यस बन्दमा कसैलाई जोर जबरजस्ती नगरेको औ सम्पूर्ण व्यावसायिक प्रतिष्ठान एवम् जनतालाई बन्द सफल भएकोमा भाजपा नेताहरूले धन्यवाद ज्ञापन गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement