बाटोको जीर्णोद्वार कार्यको निम्ति एडवार्ड्सद्वारा संगम परिवार समाजलाई एकसय बेग सिमेन्ट प्रदान

d1ae0266-9b4c-4865-b14b-d24e48f844b0


दार्जीलिङ: बगैचाटार निम्न तुङसुङ जाने बाटोको जीर्णोद्वार गर्न अजय एडवार्ड्सले संगम परिवार समाजलाई दिए एकसय बेग सिमेन्ट। गत केही दिन अघि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स पुलुङदुङ बगैचाटारको भ्रमणमा गएका थिए।त्यसअवधि बाटोको सोचनीय अवस्थाबारे अवगत गराउँदै संगम परिवार समाजले अजय एडवाडर्ससंग जीर्णोद्वारको अनुरोध गरेका थिए।अध्यक्ष एडवाडर्सले संगम परिवार समाजलाई बाटोको जीर्णोद्वारको निम्ति सहयोग गर्ने वचन दिएका थिए। एडवाडर्सले बाटोको जीर्णोद्वार कार्यको निम्ति एकसय बेग सिमेट पठाई दिएका छन।संगम परिवार समाजले अजय एडवाडर्सप्रति आभार जनाएका छन।बगैचाटार निम्न तुङसुङको बाटो जीर्ण अवस्थामा रहेका हुनाले स्थानीय मानिसहरूले धेरै असुविधाहरूको सामना गर्न परीरहेका थिए। गाउँको समाज संगम परिवार समाजले गाउँको बाटोको जीर्णोद्वार राम्रोसंगले गर्न सकोस भन्ने हेतुले एडवाडर्सले एकसय बेग सिमेन्ट दिएको बताएका छन् । स्मरण रहोस,हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले पहाडका ग्रामिण क्षेत्रहरूमा जहाँ आजसम्म बाटो पूग्न सकेका थिएनन ती स्थान एंव गाउँहरूसम्म पूग्ने बाटोको खनन कार्यहरू गर्दै आईरहेका छन्।आजसम्म एडवाडर्सले आफ्नो नीजि खर्चमा पाँच सयभन्दा धेर बाटोहरूको खनन कार्य गरी सकेका छन्।हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सको मानवीय कार्यप्रति ग्रामिणबासीहरूले प्रशंसा जनाउँदै आभार ब्यक्त जनाईरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement