केही घण्टामै राज्य सरकारको निर्णय परिवर्तन, अर्को आदेश नआएसम्म सौरभ चक्रवर्ती नै एसजेडीए-को अध्यक्ष कायम

a0b1dcdc-c6d6-4e1d-b0da-55b9c8c373ea

सिलगढी: राज्य सरकारको ताजा निर्णय अनुसार सौरभ चक्रवर्ती नै एसजेडीए-को अध्यक्ष पदमा आसिन रहनेछन्। यो निर्णय सरकारको अर्को आदेश नआएसम्म कायम रहनेछ। सरकारले केही घण्टामै आफ्नो फैसला परिवर्तन गरेको छ। सिलगढी जलपाइगढी विकास प्राधिकरण (एसजेडीए) को अध्यक्ष पदमा आसिन सौरभ चक्रवर्तीलाई हटाएर सिलगढीका मेयर गौतम देवलाई अध्यक्ष बनाएको जानकारी आज बिहानै प्राप्त भएको थियो। यो कुरा मेयर आफैँले पनि स्वीकार गरेका थिए। सामाजिक सञ्जालमा पनि गौतम देवलाई बधाईका सन्देशहरू आउन थालेका थिए। तर, केही क्षणमै लगत्तै सरकारले आफ्नो फैसला परिवर्तन गरेको छ। सार्वजनिक निर्माण तथा शहरी विकास विभागले एक परिपत्र जारी गर्दै गौतम देव नभई सौरभ चक्रवर्ती एसजेडीएको अध्यक्ष रहने जानकारी दिएको छ। तर, सौरभ चक्रवर्तीलाई एक्कासी किन हटाउने निर्णय गरिएको थियो र केही समयपछि उनलाई किन पुनःबहाली गरियो भन्नेबारे खुल्न सकेको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement