गान्तोक: ‘मन की बात’ को १००औँ शृङ्खला ३० अप्रेल, २०२३ मा प्रसारित हुनेछ। सिक्किममा यो माइलखुट्टी शृङ्खला मनाउनका लागि राजभवन, गान्तोकबाट दूरदर्शन केन्द्र गान्तोकले प्रत्यक्ष प्रसारण गर्नेछ। कार्यक्रममा सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य मुख्य अतिथिका रूपमा सहभागी हुनेछन्। गान्तोकको राजभवनले सिक्किमका नागरिकहरूलाई पनि मेजबानी गर्नेछ जसलाई प्रधानमन्त्री नरेन्द्र मोदीले ’मन की बात’ का अघिल्ला शृङ्खलाहरूमा राज्यका अन्य प्रतिष्ठित व्यक्तित्वहरूबारे उल्लेख गरेका छन्।
कार्यक्रममा द्रोणाचार्य पुरस्कारले सम्मानित श्रीमती सन्ध्या गुरुङ, पद्मश्रीले सम्मानित श्रीमती द्रौपदी घिमिरे, पद्मश्रीले सम्मानित जीएस लामा र राष्ट्रिय शिक्षक पुरस्कार विजेता लोमस ढुङ्गेल जस्ता सिक्किमका प्रतिष्ठित व्यक्तित्वहरूलाई कार्यक्रममा निमन्त्रणा गरिएको छ। ‘मन की बात’मा प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किमसहित उत्तर पूर्वको जीवन्त संस्कृति र भाषिक विविधतालाई मनाउन प्राथमिकता दिएका छन्। यस क्षेत्रका उल्लेखनीय व्यक्तित्वका कथाहरू सुनाउँदै उनले सम्पूर्ण राष्ट्रलाई उनीहरूको पहलकदमीको अनुसरण गर्न प्रोत्साहित गर्नेछन्।
उदाहरणका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किममा १२ हजार फिट उँचाइमा पर्यावरण संरक्षणमा साङ्गे शेर्पाको अथक कामको प्रशंसा गरे। ‘मन की बात’को अर्को शृङ्खलामा उनले दुई उद्यमी अनुराग अग्रवाल र सिद्धी करनानीको कथा साझा गरे, जसले आईआईएमबाट अध्ययन गरेका छन् र उत्तर पूर्वी भारतमा कृषि क्षेत्रमा स्टार्टअपमा संलग्न छन्। एमकेबीको एक अर्को शृङ्खलामा पीएम मोदीले सिक्किमका डा. मदनमणि ढकालको प्रशंसा गरे, जसले स्थानीय मानिसहरूलाई टेलि-कनल्टेशन उपलब्ध गराएर उत्कृष्ट सेवा गरिरहेका छन्।
३ अक्टोबर २०१४ विजया दशमीको शुभ अवसरमा शुरु भएको रेडियोको माध्यमबाट प्रधानमन्त्रीको अनुपम तथा नागरिकसँग प्रत्यक्ष संवाद ‘मन की बात’ले अहिलेसम्म ९९औँ शृङ्खला पूरा गरिसकेको छ। अल इण्डिया रेडियोको सबैभन्दा लोकप्रिय कार्यक्रम प्रधानमन्त्रीको ‘मन की बात’ले ३० अप्रेलमा आफ्नो १००औँ शृङ्खला पूरा गर्नेछ।
यो स्वच्छ भारत, बेटी बचाओ बेटी पढ़ाओ, जल संरक्षण, भोकल फर लोकल आदिका लागि आवाज जस्ता सामाजिक परिवर्तनको उत्पत्ति, माध्यम र प्रवर्द्धक भएको छ। कार्यक्रमले खादी, भारतीय खेलौना उद्योग, स्वास्थ्यमा स्टार्टअप, आयुष, अन्तरिक्ष आदि जस्ता उद्योगहरूमा ठूलो प्रभाव देखाएको छ। यसको नवीन तथा अद्वितीय अन्तर्क्रियात्मक प्रस्तुतीकरणको शैलीका साथ कार्यक्रमले सञ्चारको एक अद्वितीय प्रतिमानको रूपमा आफ्नो लागि छुट्टै स्थान बनाएको छ।
अल इण्डिया रेडियोद्वारा मन की बात अङ्ग्रेजी बाहेक २२ भारतीय भाषा, २९ बोली र ११ विदेशी भाषाहरूमा अनुवाद गरिएको छ। यसमा हिन्दी, संस्कृत, पञ्जाबी, तमिल, तेलुगु, कन्नड, मराठी, गुजराती, मलयालम, ओडिया, कोंकणी, नेपाली, कश्मीरी, डोगरी, मणिपुरी, मैथिली, बङ्गाली, असमिया, बोडो, सन्थाली, उर्दू, सिन्धी सामेल छन्। बोलीहरूमा छत्तीसगढ़ी, गोण्डी, हल्बी, सरगुजिया, पहाड़ी, शिना, गोजरी, बाल्टी, लद्दाखी, कार्बी, खासी, जयन्तिया, गारो, नागमेसे, हमार, पाइते, थाडो, काबुई, माओ, ताङ्खुल, न्याशी, आदि, मोनपा, आओ, अङ्गामी, कोकबोरोक, मिजो, लेप्चा, सिक्किमे (भोटिया) आदि सामेल छन्। -पीआईबी









