दार्जिलिङ जिल्लाको प्रतिनिधित्व गर्दै २८ जनाको टोली २५औं पश्चिम बंगाल राज्य कराँते च्याम्पियनशीपमा सहभागी हुन दुर्गापुर प्रस्थान

IMG-20230428-WA0324.jpg

खरसाङ: दार्जिलिङ जिल्लाको प्रतिनिधित्व गर्दै मार्शल आर्ट एण्ड फिटनेस एकाडेमीका ८ जना विद्यार्थीहरूको टोली २५औं पश्चिम बंगाल राज्य कराँते च्याम्पियनशीपमा सहभागी हुन आज दुर्गापुर प्रस्थान गरेका छन्। च्याम्पियनशीप २९ र ३० अप्रेल २०२३ मा सिद्धु कानु इन्डोर स्टेडियम, दुर्गापुरमा हुनेछ जुन कराँते एसोसिएसन अफ् बंगालद्वारा आयोजना गरिएको छ। यस अघि अप्रेल ८ र ९ मा सम्पन्न दार्जिलिङ जिल्ला कराँते च्याम्पियनशीपमा विजयी भएका विद्यार्थीहरू राज्य कराँते च्याम्पियनशीपमा दार्जिलिङ जिल्लाको प्रतिनिधित्व गर्न छनौट भएका थिए। टोलीको नेतृत्व मार्टियल आर्ट एण्ड फिटनेस अकादमीका प्रबन्धक कल्पना क्षेत्री र सिपाहीधुरा शाखाको इन्चार्ज छिरिङ डोमा भोटियाले सहायकको भूमिका निर्वाह गरी रहेका छन्। दार्जिलिङ जिल्लाका प्रभारी प्रमुख शिहान अनिल राईले जिल्ला टोलीको नेतृत्व अनि आधिकारिक प्रशिक्षकको रूपमा मार्टियल आर्ट एण्ड फिटनेस एकाडेमीको अध्यक्ष सेन्सी सन्दीप प्रधानले गरिरहेका छन्। दार्जीलिङ जिल्लाको जम्मा १०९ खेलाडीहरूले भाग लिई चरहेका छन्। उक्त टुर्नामेन्टको पहिलो स्थानको विजेताले चाढ़ै हुने राष्ट्रिय स्तरको कराँते च्याम्पियनशीप र पूर्वी क्षेत्र कराँते च्याम्पियनशीपमा पश्चिम बङ्गाल राज्यको प्रतिनिधित्व गर्नेछ जसको मिति घोषणा हुन बाँकी छ भनी सेन्सी सन्दीप प्रधानले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement