खरसाङ: जीटीए क्षेत्र अन्तर्गत दार्जिलिङ र कालेबुङ जिल्ला गरेर जम्मा १३ जना खेलाड़ीहरू फुटबलमा रेफ्रीको परीक्षा दिनलाई कोलकोता प्रस्थान गरेका छन्। यी १३ जना नै खरसाङमा भएको नौ दिवसीय रेफ्री प्रशिक्षण शिविरमा भाग लिएर चयन भई कोलकोतामा परीक्षा दिनलाई गएका छन्। यी सबैजना जीटीए चिफ् अनित थापाको सहयोगमा अनि जीटीएको खेलकूद अनि युवा मामिला विभागको एमओडी सभासद नवराज छेत्रीको पहलमा फुटबल खेलमा रेफ्रीको परीक्षा दिनलाई कोलोकता प्रस्थान भएका छन्। १३ जना नै रेफ्रीको परीक्षा दिनलाई कोलकोता प्रस्थान हुन अघि जीटीएको खेलकूद अनि युवा मामिला विभागको एमओडी सभासद एंव तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको तीनधारेस्थित घरमा आएर भेटघाट गरी त्यहाँबाट नै कोलकोताको लागि प्रस्थान गरेका छन्। यी १३ जनाले नै कोलकोतामा आगामी २९ र ३० अप्रेलको दिन फुटबलमा रेफ्रीको लिखित परीक्षा र प्राक्टिकल परीक्षा दिने भएको जानकारी प्राप्त भएको छ। कोलकोतामा रेफ्रीको परीक्षा दिन जाने टोलीले यस अवसरके लागि खेलकूद अनि युवा मामिला विभागको एमओडी सभासद नवराज छेत्री र जीटीए चिफ् अनित थापाप्रति आभार प्रकट गरेका छन्।