गोर्खाल्याण्ड पावर लिफ्टिङ भारत सरकारको युवा मामिला तथा खेलकुद मन्त्रालयबाट मान्यता पाएको जानकारी

IMG-20230428-WA0322.jpg

खरसाङ: गोर्खाल्याण्ड पावर लिफ्टिङ एसोसिएसन खरसाङको आयोजनामा सुवेदार बस्तीस्थित सार्वजनिक भवनमा पत्रकार सम्मेलनको आयोजना गरी संघका अध्यक्ष सञ्जय क्षेत्रीले गोर्खाल्याण्ड पावर लिफ्टिङ एसोसिएसन भारत सरकारको युवा मामिला तथा खेलकुद मन्त्रालयबाट मान्यता प्राप्त र पावर लिफ्टिङ इन्डियामा दर्ता भएको बताएका छन्। दार्जिलिङ पहाडी क्षेत्र अन्तर्गत दार्जिलिङ, कालेबुङ, खरसाङ, मिरिक आदि क्षेत्रमा यस खेलको प्रवर्ध्दन गर्न आगामी दिनहरुमा विभिन्न कार्यक्रमहरु आयोजना गरिने पनि बताएका छन्। उनले यस किसिमको पावर लिफ्टिङ गेम आयोजना गर्नुको मुख्य उद्देश्य युवाहरुलाई कुलतबाट बचाएर खेलकुद क्षेत्रमा अगाडि बढाउने रहेको बताए। विशेषगरी खरसाङमा चारदेखि पाँच दिने ठूला भवन तथा पावर लिफ्टिङ च्याम्पियनशीप आयोजना गर्ने लक्ष्य राखिएको उनले बताए। यसका लागि दार्जिलिङका सांसद, दार्जिलिङ पहाडका विधायकलगायत सरकारी निकायसँग आर्थिक सहयोग गर्न पत्राचार गरेको जानकारी पनि दिइएको थियो। उनले गोर्खाल्याण्ड पावर लिफ्टिङ एसोसिएसनलाई मान्यता दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्वर्गीय रतन बसाकको सम्झना गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
उनले दार्जिलिङ पहाडी क्षेत्रका इच्छुक खेलाडीहरुलाई संघबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। संघका सचिव ओमप्रकाश चौरसियाले गोर्खाल्याण्ड पावर लिफ्टिङ एसोसिएसनले सन् २०१९ देखि हालसम्म चार वर्षको अवधिमा दार्जिलिङ पहाडी क्षेत्रका विभिन्न क्षेत्रमा गरेका कार्यक्रमहरूको बारेमा विस्तृत जानकारी दिएका छन्। संघको कार्यकारी अध्यक्ष तपस भट्टाचार्यले गोर्खाल्याण्ड पावर लिफ्टिङ एसोसिएसनसँग राष्ट्रिय, एसियाली र ओलम्पिक खेलमा सीधै योग्य खेलाडी पठाउने क्षमता भए पनि त्यसका लागि खेलाडीले उचित अभ्यास गर्नुपर्ने बताए। यदि कुनै खेलाडीले अहंकार साथमा पावर लिफ्टिङ गर्न चाहन्छ भने त्यो सम्भव छैन। पावर लिफ्टिङ अहंकारले गरिन्दैन। सो अवसरमा संघका वरिष्ठ सदस्यहरु मध्ये दीपक ठटाल, देवराज भण्डारी, महादेव राउत, सुरज सार्की आदिको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement