खेलकुदप्रति रूची बढाउन एडवाडर्सले युवाहरूलाई दिए सर समाग्रीहरू

IMG-20230428-WA0330.jpg

दार्जीलिङ: पहाडको युवाहरूलाई खेलकुद आदि जस्ता विषयहरूमा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले प्रोत्साहन गर्दै खेलकूदका सामाग्रीहरू प्रदान गरेको जानकारी प्राप्त भएको छ। अजय एडवर्डले सुकिया मानेभन्ज्याङ समष्टि अन्तर्गत पर्ने ढाढ गाउँका युवाहरूलाई खेलकूदप्रति प्रोत्साहन प्रदान गर्न फुटबल, जर्सी, फुटबल, बुट आदि जस्ता सर सामाग्रीहरू दिएका छन्। विगत केही दिन अघि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले सुकिया मानेभन्ज्याङ समष्टि अन्तर्गत पर्ने ढ़ाड गाउँको भ्रमण गर्न पुगेका थिए। त्यस अवधि स्थानीय युवा भाइहरू गाउँकै खेल मैदानमा फुटबल आदि जस्ता खेलहरू खेलिरहेका देखेका थिए।स्थानीय युवा भाइहरूसंग हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बातचीत पनि गरेका थिए। गाउँका युवा भाइहरूको खेलकूद आदि जस्ता विषयहरूमाथि रूचि बडेर जावोस भन्ने हेतुले फुटबल,जर्सी,फुटबल, बुट आदि जस्ता सर सामाग्रीहरू पठाई दिएका छन्। स्थानीय युवा भाइहरूले फुटबलको सर सामाग्रीहरू पाएपछि अति नै उत्साहित बन्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सलाई आभार जनाएका छन्। स्मरण रहोस् हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले आफ्नो नीजि कोषबाट पहाडको धेरैवटा गाउँहरूमा खेल मैदानहरूको निर्माण गरी दिएका छन भने टुनामैन्टहरूको आयोजना गरेर युवा भाइहरूलाई खेलकूदप्रति उत्साह प्रदान गर्ने कार्यहरू पनि गर्दै आईरहेको हाम्रो पार्टीले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement