बंगालमा दोस्रो बन्दे भारत एक्सप्रेस चाँडै संचालनमा आउने

Vande_Bharat_Express_around_Mumbai.jpg

कोलकाता: पश्चिम बंगाललाई अब चाँडै नै दोस्रो सेमी-हाई स्पीड वन्दे भारत एक्सप्रेस ट्रेन प्राप्त हुनेछ। यो ट्रेन हावड़ा-पुरीको व्यस्त मार्गमा संचालन हुने सम्भावना प्रबल छ।दक्षिण पूर्व रेलवेका एक अधिकारीले बताए, शुक्रवार हावड़ा-पुरी रूटमा नयाँ आवन्टित प्याकको ट्रायल रन गरिंदैछ। यद्यपि वन्दे भारत एक्सप्रेस ट्रेनको सेवा शुरू गर्ने मार्ग र तारिक आधिकारिक रूप अहिले प्राप्त नभएको जानकारी गराउँदै अधिकारीले भने, हामीलाई आईसीएफ, पेरूम्बुरदेखि वन्दे भारत न्याक प्राप्त भएको छ तथा आज हावड़ा-पुरी रूटमा ट्रायल रन गरिँदैछ।पश्चिम बंगाललाई प्राप्त हुने यो दोस्रो वन्दे भारत एक्सप्रेस ट्रेन हो ।पहिलो ट्रेन ३० दिसम्बर, २०२२ देखि हावड़ा-न्यू जलपाईगड़ी मार्गमा शुरू भएको थियो। तीर्थयात्री औ पर्यटकहरू सहित कोलकाताबाट प्राय वर्षेभरि भगवान जगन्नाथको दर्शन गर्न जानेहरूलाई यसबाट धेरै सुविधा मिल्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement