पहाडको तीनवटा नगरपालिकाहरूमा चुनाव गराउने मांग गर्दै एडवर्डद्वारा निर्वाचन आयोग समक्ष याचिका दर्ता

Screenshot_20230428_175218_WhatsApp.jpg

१५ दिनभित्र कार्यवाही नभए कानूनी प्रक्रिया शुरू गर्ने: प्रधान

दार्जीलिङ: खरसाङ, कालेबुङ र मिरिक नगरपालिकाको चुनाव अविलम्ब गरिनु पर्ने मांग गर्दै हाम्रो पार्टीले निर्वाचन आयोगमा याचिका दर्ता गरेको जानकारी प्राप्त भएको छ। हाम्रो पार्टीको केन्द्रीय उपाध्यक्ष रूबेनदास प्रधानले आज निर्वाचन आयोग समक्ष कालेबुङ, खरसाङ र मिरिक नगरपालिकामा कार्यरत् बोर्डको कार्यकाल गत २०२२ को मई महिनामा नै समाप्त भईसकेको हो तर आज वर्ष दिन पुग्न लाग्दा पनि चुनाव भएको छैन। कुनै पनि बोर्डको कार्यकाल पूरा भएको छ महिनासम्म प्रशासक राख्ने प्रवाधान रहेको छ तर पहाडको तीनवटा नगरपालिकाहरूमा प्रशासक नियुक्त गरिएको वर्ष दिन पुग्न लाग्दा पनि चुनाव नगराएको विषयमाथि निर्वाचन आयोगको ध्यान आकर्षण गर्दै पार्टी अध्यक्ष अजय एडवाडर्सले याचिका दर्ता गरेको उपाध्यक्ष प्रधानले बताएका छन्। अर्कोतिर हाम्रो पार्टीले आज जिल्लाधिकारी, जिल्ला निर्वाचन अधिकारी, राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी आदिलाई पत्रचार गरेको छ। उपाध्यक्ष प्रधानले यस विषयमा भने, पार्टी अध्यक्ष अजय एडवाडर्सले पहाडको तीनवटा नगरपालिकाहरूमा अविलम्ब चुनाव गराउनु पर्ने माग गर्दै निर्वाचन आयोग समक्ष दर्ता गरेको याचिकामाथि १५ दिनभित्रमा कार्यवाही नगरिएको खण्डमा कानुनी प्रक्रिया शुरू गर्ने चेताउनी पनि दिएका छन्। उनले निर्वाचन आयोगसंग हामीले पहाडको तीनवटा नगरपालिकाहरूको चुनाव कहिलेतिर हुन सक्छ भन्ने विषयमाथि पञ्चायत चुनाव अघि के पछि हुन सक्ने संकेत दिएको उपाध्यक्ष प्रधानले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement