मेरियनबारी चियाबगानका श्रमिकहरुद्वारा पाँचौं दिन पनि धर्ना प्रदर्शन जारी

IMG-20230428-WA0245.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत मेेरियनबारी चियाबगानका श्रमिकहरुद्वारा गत २४ अप्रेल २०२३ देखि शुरु गरिएको धर्ना आज पाँचौ दिन पनि निरन्तर गरिरहेका छन्। विगत पाँच दिनदेखि चलिरहेको यस धर्ना विशेष गरी मालिक पक्षबाट २१ फरवारी २०२३ को दिन गरिएको सम्झौता पूरा नगरे बापत गरिएको हो भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेसन वर्कर्स युनियन मेेरियनबारी युनिटका सचिव बिनोद प्रधानले बताएका छन्। उनले यसबारे जानकारी दिन्दै बताए कि मालिक पक्षसित गत फरवरी महिनामा सम्झौता भए मुताविक अप्रेल महिनाको २१ तारिकभित्र पीएफको रकम भुक्तान गरी सक्नु पर्ने साथै ग्राजुयटीको पैसाहरु भुक्तान गर्न पर्ने थियो तर आजसम्म पनि मालिक पक्षबाट कुनै पहल नगरिएकोले यो धर्ना गर्न वाध्य बनेको जनाएका छन्। यदि १ मईसम्म पनि कुनै पहल नभएको खण्डमा २ मई २०२३ देखि यहाँका श्रमिकवर्ग रिले अनसनमा जाने बताए साथै आज पाँचौ दिनदेखि यहाँ तयार गरिएको चियापत्ती निर्यातमा रोक लगाइएको जनाए। यस धर्नाबारे सम्बन्धित निकायलाई जानकारी गराई सकेको भन्दै यदि अब पनि मालिक पक्षले सम्झौता गर्न चाहे त्यसलाई स्विकार नगर्ने उनले अघि बताए। श्रमिकहरुसित यस धर्नाबारे जान्न चहादा उनिहरुले हाल खर्च साथै तलब समयमा नपाएको र विस्तारै विभिन्न सहुलियतहरुबाट आफुहरु बञ्चित हुँदै गएकोले यदि यी मालिकले यहाँको श्रमिकहरुको मांग पूरा गर्न नसके बगान अन्य योग्य र सक्षम मालिकलाई बिक्री गरी यहाँको खटिखाने श्रमिकहरूलाई न्याय दिनु पर्ने बताए।

आजको यस धर्नालाई थप उर्जा प्रदान गर्न औ श्रमिकहरुको साथ रहेको भन्दै खरसाङ महकुमा समितिका प्रवक्ता अनुप रामुदामुले पनि श्रमिकहरु साथमा सदैव भागोप्रमो एंवम यसका संस्थापक अध्यक्ष अनित थापा रहेको बताउदै यस्तो संकटको बेला सबै श्रमिकहरु एक हुनुपर्छ र अडिग भई आफ्नो मांगको निम्ति आवाज उठाउनु पर्छ र पार्टी पक्षबाट हरसम्भव सहयोग पुराउने छौं भनी बताए। यस धर्नामा खरसाङ महकुमा समितिका सह सचिव संजोग रोका, एचटिडिपीडब्लु यु मेरियनबारी युनिटका सभापति बुद्ध घिसिङ्ग, सचिव बिनोद प्रधान, गाडीधुरा खण्ड समिति सभापति सुबास छेत्री, सचिव बिमल सुब्बा आदि उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement