गान्तोक: रम्फू थाना क्षेत्रमा एकजना नाबालिगमाथि यौन दुर्व्यवहार भएको घटना प्रकाशमा आएको छ। यस घटनाको सम्बन्धमा पुलिसले मामिला दर्ता गरेर जाँच अगाडि बढाएको छ। पुलिस रिपोर्ट अनुसार, ११ वर्षीय नाबालिग किशोरीमाथि यौन दुर्व्यवहारको घटना भएको छ। नाबालिगमाथि विगतका दिनहरूमा पनि धेरैपल्ट दुर्व्यवहार गरिएको पीड़ितले खुलाएकी छन्। उनले यसको आरोप एकजना १६ वर्षीय नाबालिग किशोरमाथि लगाएकी छन्। यस घटनाको सम्बन्धमा पोक्सो अधिनियम अन्तर्गत मामिला दर्ता गरिएको छ। पुलिसले नाबालिग किशोर विरूद्ध कानूनी कारबाहीलाई अगाडि बढाउँदै जाँच शुरू गरेको छ।










