मंगन: मंगन थाना क्षेत्र अन्तर्गत अम्बिथाङमा स्थानीय एक परिवारको घरमा चोरी भएको छ। अज्ञात व्यक्ति (हरू) ले घरबाट नगदसहित दस्तावेजहरू चोरी गरेका छन्। पीड़ित परिवार मूलरूपमा नेपालको ताप्लेजुङ निवासी हुन् ।पुलिस रिपोर्ट अनुसार, चोरीको घटना २७ अप्रैल बिहान ९.३० बजीदेखि १ बजीबीच भएको हो। अज्ञात व्यक्ति (हरू) ले घरको मूल ढोकाको ताला तोडेर शयन कक्षबाट बाकस चोरी गरे उक्त बाकसमा दुई लाख रूपियाँ नगद, नेपाल नागरिकता, विवाह प्रमाणपत्र, जन्म प्रमाणपत्र, आधार कार्ड थियो।
पुलिसले पीड़ित पासाङ खाण्डु शेर्पाको सिकायतको आधारमा मामिला दर्ता गरेर जाँच शुरू गरेको छ।










