अलिपुरद्वार: भाजपाले आह्वान गरेको १२ घण्टे उत्तर बंगाल बन्दको अवधिमा विभिन्न ठाउँहरूमा पुलिसले बन्द समर्थनकारीहरूलाई पक्राउ गरेको छ। अलिपुरद्वार जिल्लाको कालचिनी क्षेत्रमा भाजपा विधायक विशाल लामा सहित भाजपाका २५ जना कार्यकर्ताहरूलाई पुलिसले पक्राउ गरेको छ। यता अलिपुरद्वार जिल्लाको बारोबिशा क्षेत्र अन्तर्गत कुमारग्रामका भाजपा विधायक मनोजकुमार उराँउलाई १५ जना बन्द समर्थकहरूसहित पुलिसले पक्राउ गरेको छ।










