अलिपुरद्वारमा तृणमूल कार्यकर्ता र बन्द समर्थकहरूबीच झडप

2b38cf1c-07e5-4673-af1e-ecceac076546

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको अलिपुरद्वार -१ ब्लक अन्तर्गत विवेकानन्द ग्राम पञ्चायतको लिचुतला क्षेत्रमा बन्द समर्थकहरू र तृणमूल कार्यकर्ताहरूबीच झडप भयो। पुलिस घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको छ। यसदिन विवेकानन्द ग्राम पञ्चायत क्षेत्रमा भाजपा कार्यकर्ताहरू बन्दको समर्थनमा सडकमा ओर्लिएका थिए भने उता तृणमूलले बन्दको विरोध गर्दै मार्च निकालेका थिए। दुई समूहबीच टकराव हुँदा लिचुतला क्षेत्रमा झडप भयो। तर पुलिसको हस्तक्षेपले स्थिति नियन्त्रणमा लिएको थियो। यता, जोन बारला अलिपुरद्वारको एक कार्यक्रममा सहभागी हुन पुगेका थिए।उनले उक्त कार्यक्रममा पुलिसले सत्तारुढ दलको गुलामी गरिरहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement