पश्चिम बंगालमा वज्रपातले १४ जनाको मृत्यु

Untitled-1-copy-203

कोलकताः पश्चिम बंगालमा बिहिवार राति ऑंधीसॅंग भारी वर्षा र वज्रपातको चपेटमा परेर १४ जनाको मृत्यु भयो। राज्यका पॉंच भिन्न-भिन्नै जिल्लामा मानिसहरूको मृत्यु भएको छ। राज्य आपदा प्रबन्धन विभागका एक अधिकारीले भने, ऑंधी र वर्षा अवधि चट्याङको चपेटमा परेर पूर्व वर्दवान जिल्लामा चार जनाको मृत्यु भयो। मुर्शिदाबाद र उत्तर २४ परगनामा दुई-दुई जनाको मृत्यु भएको छ। यसरी नै पश्चिम मेदिनीपुर र हावड़ा ग्रामीण जिल्लामा छजनाको मृत्यु भएको छ। मृतकहरूमा अधिकांश कृषक सामेल छन्। दुर्घटनाको समय उनीहरू घर बाहिर थिए।

राज्य आपदा प्रबन्धन विभागका अधिकारीहरूले भने, बिहिवार सॉंझदेखि राजधानीसहित हावड़ा, हुगली, उत्तर र दक्षिण २४ परगना, पूर्व र पश्चिम बर्दवान, मुर्शिदाबादसहित दक्षिण बंगालमा ऑंधीसॅंग भारी वर्षा शुरू भएको थिये। अलीपुरस्थित क्षेत्रीय मौसम विभागका एक अधिकारी अनुसार, बिहिवार सॉंझ ४ बजीदेखि नै वर्षा र ऑंधी शुरू भएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *