सौरभ चक्रवर्तीलाई हटाएर मेयर गौतम देव दोस्रो चोटि एसजेडीएको अध्यक्ष पदमा नियुक्त

2eaf359d-7219-4935-96d5-efe5035ad924

सिलगढी: सौरभ चक्रवर्तीलाई सिलगढ़ी-जलपाइगढी विकास प्राधिकरण (एसजेडीए) को अध्यक्ष पदबाट हटाइयो। मेयर गौतम देव नयाँ अध्यक्ष बनेका छन्। योसँगै उनी दोस्रो पटक यस पदमा नियुक्त भएका हुन्। सोही दिन नवान्नबाटै गौतम देवलाई अध्यक्ष बनाउने सूचना जारी भएको बताइएको छ। अलिपुरद्वारका पूर्व विधायक तथा तृणमूल नेता सौरभ चक्रवर्तीले यसअघि यो पद सम्हालिरहेका थिए। उनलाई हटाएर गौतम देवलाई अध्यक्ष बनाइएको छ। सौरभ चक्रवर्तीलाई उपाध्यक्ष बनाइने स्रोतले जनाएको छ। यद्यपि तृणमूल स्रोतहरूले यो परिवर्तन किन गरिएको हो भन्नेबारे कुनै स्पष्ट संकेत दिएका छैनन। गौतम देवले यो नियुक्तिलाई स्वीकार गरेका छन्। गौतम देव पहिलेबाटै सिलगढीका मेयर जस्तो महत्त्वपूर्ण पदमा आसिन छन्। उनले अबउसो सिलगढी-जलपाइगढी विकास प्राधिकरण संस्थानको अध्यक्ष जस्तो महत्वपूर्ण पदको थप जिम्मेवारी पनि निर्वाह गर्नुपर्ने हुन्छ। यसबारे गौतम देवले राज्य सरकारले आफूमाथि विश्वास गरेकोमा आफू खुसी भएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement