सिलगढीको हास्मी चोकमा बन्द समर्थक र पुलिसबीच झडप

f095ded9-dd95-46d8-938d-43b95ab1fa29

सिलगढी: कालियागञ्ज घटनाको प्रतिवादमा भाजपले आह्वान गरेको १२ घण्टाव्यापी उत्तरबंगाल बन्दको अवधिमा सिलगढीको हाश्मी चोकमा भारी तनाव सृजना भयो। भाजपा कार्यकर्ताहरूले सरकारी बसमा तोडफोड गरेको आरोप लागेको छ । भाजपाका दुई विधायक र पुलिसबीच धक्का-मुक्कीको माहौल बन्यो । यसका कारण उक्त क्षेत्रमा चरम तनावको वातावरण सृजना भयो।सिलगढीका विधायक शंकर घोष, मतिगडा-नक्सलबारीका विधायक आनन्दमय बर्मन लगायत भाजपा कार्यकर्ताहरू शुक्रबार बिहानै बन्दलाई समर्थन गर्न सडकमा उत्रिएका थिए। उनीहरूले सवारी साधन आवागमनमा रोक लगाएका थिए। उनीहरूले सरकारी बसमा तोडफोड समेत गरेका छन् । सडकमा बसेर बाटो अवरुद्ध गर्ने प्रयास गरे। पुलिसले रोक्न खोजेपछि पुलिस र बन्द समर्थनकारीहरूबीच झडप भयो । पुलिसले घटनास्थलबाट विधायक आनन्दमय बर्मनलाई लैजान खोज्दा भाजपाका कार्यकर्ता र समर्थकहरूले पुलिसको गाडी अगाडि उभिएर पुलिसको गाडी रोक्न खोजे। स्थिति नियन्त्रणमा लिन पुलिसले ब्यारिकेड लगाएको थियो । तर भाजपा कार्यकर्ताहरूले ब्यारिकेड पल्टाईदिँदा एकैछिनमा उक्त क्षेत्रमा तनाव उत्पन्न भयो। स्थिति नियन्त्रणमा लिन सिलगढी पुलिस थानाबाट भारी पुलिस बल घटनास्थलमा पुगेको थियो। भीड नियन्त्रण गर्न पुलिसले हल्का बल प्रयोग गरेको देखियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement