बन्दलाई लिएर कुचबिहारको घुघुमारीमा तृणमूल-बीजेपीबीच भिडन्त

33cbf614-6c88-4964-b652-9b86e759b079

कुचबिहार: कालियागञ्ज घटनाको प्रतिवादमा बीजेपी-ले आह्वान गरेको १२ घण्टाव्यापी उत्तर बंगाल बन्दबाट कुचबिहारमा मिश्रित प्रभाव देखियो। सरकारी बसहरू चलिरहे। सडकमा धेरै निजी बस, अटो, टोटो, सफारीहरू पनि देखिए। तर, अन्य दिनको तुलनामा सडकमा बसको आवागमन कम भएकाले यात्रीहरू समस्यामा परेको देखियो। प्रायजसो पसलहरू बन्द रहे। बिजेपीले कुचबिहारमा बन्दको समर्थनमा मार्च निकालेको थियो।तुफानगञ्ज विधानसभा क्षेत्रकी विधायक मालती रावा राय उक्त जुलुसमा सहभागी भएकी थिइन्। बन्दका कारण अन्य दिनको तुलनामा क्षेत्र सुनसान रह्यो। उत्तरबंगाल राज्य परिवहन निगमको कुचबिहार बस टर्मिनसमा अवरोध सृजना गरेको आरोपमा भाजपा कार्यकर्ताहरूलाई पुलिसले पक्राउ गरेको छ। तृणमूलले कुचबिहारको घुघुमारी क्षेत्रमा बन्दलाई समर्थन गरिरहेका भाजपा कार्यकर्ताहरूमाथि कुटपिट गरेको आरोप लगाइएको छ। यसै घटनाका कारण दुई पक्षबीच केहीबेर भिड़न्त चल्यो। पछि पुलिसको दखल भएपछि स्थिति सामान्य बन्यो। उक्त घटनाका कारण क्षेत्रमा निकै तनाव सृजना भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement