सिलगढी: कालियागञ्जमा एक नाबालिग बालिकामाथि गरिएको दुष्कर्मपछिको हत्या र पुलिस फायरिङमा भएको एक युवाको मृत्युको प्रतिबादमा साथै कालियागञ्जमा कानून र व्यवस्था बिग्रिएको आरोप लगाउँदै, बीजेपीले शुक्रबार उत्तर बंगालमा १२ घण्टाको बन्दको आह्वान गरेको छ।तर, सिलगढी सहरमा यो बन्दको कुनै प्रभाव देखिएको छैन । आज बिहानैदेखि शहरमा सवारी साधनहरू सामान्य लयमा गुडिरहेका छन्। यसैबीच भाजपाले आह्वान गरेको बन्दलाई अवज्ञा गर्दै जनता सडकमा निस्किए । सिलगढी जंक्शन लगायत विभिन्न ठाउँमा बिहानैदेखि बिस्तारै पसलहरू खुल्न थालेको थियो । सरकारी तथा निजी सवारी साधनहरूको आवागमनमा कुनै किसिमको असर देखा परेन। सहरका मुख्य सडकहरूमा सवारी आवागमन सामान्य रह्यो ।