जलपाइगढी: भाजपाद्वारा आह्वान गरिएको १२ घण्टाको उत्तरबंगाल बन्दको कारण जलपाइगढीमा कडा सुरक्षा व्यवस्था गरिएको थियो। बन्दलाई लिएर नेताजीपाडा बस स्ट्याण्ड क्षेत्रमा ठूलो संख्यामापुलिस परिचालन गरिएको थियो। शहरमा रयाफ् र पुलिसको गस्ती जारी रह्यो। निजी बस स्टयाण्डको गेट बन्द रहेपनि सरकारी बसको आवतजावत भने सामान्य रह्यो।बन्दका समर्थकहरू यसक्षेत्रमा त्यति देखा परेनन। तर, बन्दको अवधीमा हरेक दिन बिहान खुल्ने पसलहरू आज भने बन्द रहे। सरकारी बसका चालकहरूले आज हेलमेट लगाएर बस चलाएको देखियो। दिन बढ्दै जाँदा भाजपाका जिल्ला अध्यक्ष बापी गोस्वामी लगायत भाजपा नेता तथा कार्यकर्ताहरू सडकमा निस्किए।जलपाइगढीको कदमतला मोडमा, बन्द समर्थकहरूले नाराबाजी गर्दै सरकारी बसहरू रोके। टोटो, एउटा निजी कारलाई बन्द समर्थकहरूले फिर्ता गराएका थिए। तर, बन्दलाई अवज्ञा गर्दै बिहानैदेखि विद्यार्थीहरू सरकारी विद्यालयमा प्रवेश गरेको देखिएको छ।