सिलगढी: कालियागञ्जमा एक नाबालिगको मृत्यु र पुलिस फायरिङमा एक युवाको मृत्युको साथै कालियागञ्जमा कानून र व्यवस्था बिग्रिएको आरोप लगाउँदै, बीजेपीले शुक्रबार उत्तर बंगालमा १२ घण्टाको बन्दको आह्वान गरेको छ। तर, सिलगढी सहरमा यो बन्दको कुनै प्रभाव देखिएको छैन ।आज बिहानैदेखि शहरी सवारी साधन सामान्य लयमा छन्। भाजपाले आह्वान गरेको बन्दलाई अनदेखा गर्दै जनता सडकमा निस्किए। सिलगढी जंक्शनलगायत विभिन्न ठाउँमा बिहानैदेखि बिस्तारै पसलहरू खुल्न थालेका छन्। सरकारी तथा गैरसरकारी सवारी साधनको आवागमनमा भने कुनै असर परेको छैन। सहरका मुख्य सडकमा सवारी आवागमन सामान्य रह्यो।