कुचबिहार: भाजपाद्वारा शुक्रबार आह्वान गरेको १२ घण्टाको उत्तर बंगाल बन्दको क्रममा कुचबिहारको दक्षिण खग्राबारी क्षेत्रमा सरकारी बसमा तोडफोडको सूचना छ। जानकारी अनुसार आज बिहान उत्तर बङ्गाल राज्य यातायात निगमको बसमा ढुंगा प्रहार भएको छ। घटनामा बसको सिसा फुटेको छ। घटनापछि क्षेत्रमा तनाव देखिएको छ।