नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ७,५३३ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४९,२५,६८४ पुगेकाे छ। विगत २४ घण्टामा केरलाद्वारा मिलाइएको १६ वटा मृत्यकाे साथ कोरोनाले कुल ४४ जनाकाे मृत्युसँगै हालसम्म मृत्यु हुनेको संख्या ५,३१,४६८ पुगेको छ। यसरी नै यस अवधिमा ११,०४७ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४३,३५,९७७ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.६९% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या कमेर ५३,८५२ रहेको छ। यसरी नै देशमा आज कोरोनाको दैनिक सकारात्मकता ३.६२ प्रतिशतमा रेकर्ड गरिएको छ भने साप्ताहिक सकारात्मकता ५.३६ प्रतिशत रहेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी २,०८,११२ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९२,६३,०२,४४५ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टमा ४,७७५ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६६,५९,२१९ जनाले यो खोप लगाइसकेको छन्।