पूर्वराजा ज्ञानेन्द्र शाहलाई यूएमएल अध्यक्ष ओलीको चेतावनी

Untitled-1-copy-198

काठमाडौंः नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहलाई सीपीएन यूएमएलका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध गतिविधि नगर्न चेतावनी दिएका छन्। उनले शाहमाथि छोराबुहारी अघि सारेर आफूविरुद्ध गतिविधि गरेको आरोप समेत लगाए।

बिहिवार पूर्वी नेपालको इलाममा आयोजित सार्वजनिक कार्यक्रममा ओलीले चेतावनी दिॅंदै भने, ज्ञानेन्द्र शाहलाई भनिदिन्छु, बढ्ता फुरफुर नगर्न, हिसाब-किताब गर्न नपरोस्। ओलीले केही व्यक्ति लिएर पूर्वराजा ज्ञानेन्द्र शाह राजनीतिक अभिव्यक्ति दिॅंदै हिंडेको टिप्पणी गरे। यसै हप्ता ओलीको कार्यक्रम भइरहँदा पहिचानवादी भनिएकाहरुले ढुंगामुढा गरेपछि झापामा झडप भएको थियो। त्यसप्रति पूर्वराजाकी बुहारी हिमानी शाहको फेक ट्वीटर एकाउन्टबाट ओलीविरोधी ट्वीट भएका थिए। पूर्वराजा शाहको गतिविधिप्रति नेपालका मुख्य दलका नेताहरुले आक्रोश पोख्न थालेका छन्। उनीहरुले शाहको गतिविधिलाई आँखा नचिम्लिएको बताउँदै आएका छन्। पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यसलाई गम्भीर भन्दै आएका छन्। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रलाई खतरामा पार्ने षड्यन्त्र भइरहेको बताउन थालेका छन्। तर, पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरु हिन्दूराष्ट्रसहितको राजसंस्थाको मुद्दा बोकेर सक्रिय भइरहेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *