पञ्चायत चुनाउलाई लिएर गोजमुमो पातलेबाँस पार्टी कार्यालयमा सभा

Untitled-1-copy-197

दार्जिलिङ: गोर्खा जनमुक्ति मोर्चा पुल बिजनबारी समष्टिको साङ्गठानिक सभा तथा आगामी पञ्चायत चुनाउलाई लिएर आज स्थानीय पातलेबाँस पार्टी कार्यालयमा गोजमुमो केन्द्रीय अध्यक्ष बिमल गुरुङको उपस्थितिमा सम्पन्न भयो। साङ्गठानिक सचिव दिपेन मालेले सञ्चालन गरेको उक्त सभामा पुल बिजनबारीका धेरै समर्थकहरू उपस्थित थिए। सभामा गोक क्षेत्रबाट आजसम्म निष्क्रिय रहेको धेरै कार्यकर्ताहरू पुन: सक्रिय भएर संगठनको निम्ति कार्य गर्ने सोच लिएर अघि आएर आफ्नो उपस्थिति दिएका थिए। सभामा पदम छेत्री आफ्नो सम्बोधनमा भने, सङ्गठनको साङ्गठनिक सभा हुँदा सबैमा हौसला अनि जाँगर बढेर जानेछ। शाखा प्रशाखाले आफ्नो निष्क्रिय रहेका सदस्यहरूलाई फेरि सक्रिय गर्ने कार्य गर्नु पर्छ साथै नेतृत्वहरूले साङ्गठानिक काम गरेर देखाउनु पर्छ। यसैगरी, प्रकाश थिङले आफ्नो जोशिलो भाषणमा भने, बिमल गुरुङले के गर्यो भन्नेहरूलाई भनी दिनु वर्तमान जीटीए चेयरमेन अनित थापा, सतीस पोख्रेल, बिनय तामाङलाई बनाउने नै बिमल गुरुङ हुन्‌।

दार्जिलिङ पहाडमा सबैलाई बोल्ने स्वतन्तता दिने नै अध्यक्ष बिमल गुरुङ हुन्‌। त्यो भन्दा महत्वपूर्ण कुरा गोर्खाल्यान्डको मुद्दालाई सडकदेखि संसद सम्म गुञ्जमान गराउने नै बिमल गुरुङ हो, यदि बिमल गुरुङ छैन भने वर्तमान दार्जिलिङ पहाडको राजनैतिक नेताहरूको राजनैतिक अस्तित्व अनि मूल्य पनि रहने छैन। आज बिमल गुरुङलाई अनपढ भन्ने वर्तमान दार्जिलिङ पहाडको पढे-लेखेका नेताहरूले नै सम्पूर्ण गोर्खाहरूको अस्तित्व बेचिसकेका छन्‌ । नारी मोर्चाको तर्फबाट श्रीमती सुजाता (सुजु ) छेत्रीले वर्तमान दार्जिलिङ पहाडको राजनीति पैसामा चल्ने गरेको छ, यो प्रथालाई अब बन्द गरेर हामी नै इमान्दारी पूर्ण अघि आएर अबको राजनीति परिवेशलाई स्वच्छ राजनैतिक परिवेशको सृजना गर्नुपर्छ भन्ने मत प्रकट गरिन्‌। सभाको अन्त्यमा आफ्नो सम्भाषण राख्दै अध्यक्ष बिमल गुरूङले भने, केही साहुलियत अनि दुई-चार पैसामा आफ्नो ‘सन्तानहरूको भविष्य बेच्ने काम गर्न हुँदैन अब उसो तोडिने होइन, जोडिने क्रम जारी राख्नु पर्छ। यदि दार्जिलिङ पहाडमा पञ्चायत चुनाउ हुन्छ भने हामी
‘गठबन्धन गरेर गठबन्धनको मर्यादामा रहेर हाम्रो उम्मेदवार खडा गर्ने छौ। यसैले सबैले आ-आफ्नो समष्टिमा, शाखा प्रशाखामा संयुक्त रूपमा गठबन्धन दलहरूसँग सभा डाकेर गठबन्धनको पहल शुरू गर्ने जिम्मेवारी उठाउने तिनले पार्टी कार्यकर्ताहरूलाई निर्देश दिए।

About Author

Advertisement