माइक्रो सिँचाई प्रणाली सम्बन्धी तालिम, जन सचेतना तथा वितरण कार्यक्रम सम्पन्न

Untitled-1-copy-195

नाम्चीः नाम्ची जिल्लाको बर्फुङ निर्वाचन क्षेत्रको किउजिङ्ग बाखिम ग्राम पञ्चायत एकाईमा कृषि विभागद्वारा आयोजना गरिएको प्रधानमन्त्री कृषि सिॅंचाई योजनाअन्तर्गत माइक्रो सिँचाई प्रणाली सम्बन्धी तालिम र जन सचेतना तथा वितरण कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा बर्फुङ क्षेत्रका विधायक टीटी भोटिया मुख्य अतिथि रहेका थिए। उनको बाहुलीबाट बाखिम वार्डका ६० जना कृषकहरुलाई माइक्रो सिॅंचाई प्रणाली अन्तर्गत सिन्टेक्स, गहिरो सिॅंचाई, पानीको मोटर र अन्य कृषि उपकरणहरु प्रदान गरियो।

कार्यक्रममा सम्बोधन गर्दै विधायक भोटियाले लाभार्थीहरूलाई बधाई दिए भने कृषि उत्पादन वृद्धिका लागि उपलब्ध माइक्रो सिॅंचाई प्रणालीलाई उपयोग गर्न आग्रह गरे। यस योजनाले कृषकहरूको व्यावसायिक जीवनमा प्राविधिक रूपले उन्नति र सहज हुने बताए। विधायक भोटियाले कृषिको महत्व विषय बताउँदै पञ्चायत र नागरिक समाजलाई दिगो खेतीतर्फ नयाँ पुस्तालाई प्रोत्साहित गर्न आग्रह गरे। मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा राज्य सरकारले ल्याएका विभिन्न योजना र उपलब्धीहरूको पनि उनले उल्लेख गरे। कार्यक्रममा कृषि विभागकी सहनिर्देशक निर्मला मोक्तान, कृषि विकास अधिकारी डीएम तामाङ, सहायक अभियन्ता कृषि विभाग विनय बस्नेत, कृषि निरीक्षक कुनजाङ टी. भोटियाले विभागीय योजना विषय जानकारी दिँदै व्यवहारिक तालिम पनि दिए। कार्यक्रममा जिल्ला पञ्चायत सदस्य जसोदा छेत्री, किउजिङ्ग बाखिम ग्राम पञ्चायत एकाईका पञ्चायतगण, कृषि विभागका कर्माचारीहरू आदिको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement