संसदीय स्थायी समितिका प्रतिनिधि टोली चारदिने सिक्किम भ्रमणमा

Untitled-1-copy-194

पाकिमः आवास तथा शहरी मामिला सम्बन्धी संसदीय स्थायी समितिका अध्यक्ष राजीव रञ्जन सिंह, समितिका सदस्यहरू एएम अरिफ, श्रीरंग अप्पा बर्ने अनि एमभीभी सत्यनारायण आज सिक्किम आइपुगेका छन्। उनीहरू ३० अप्रेलसम्म चारदिने सिक्किम भ्रमणमा आएका हुन्। उनीहरू आज पाकिम विमानस्थलमार्फत सिक्किम आइपुगेका हुन्। आवास र शहरी मामिला सम्बन्धी संसदीय स्थायी समिति २७ देखि ३० अप्रेलसम्म सिक्किमको अध्ययन भ्रमणमा आएका हुन्। केन्द्रिय प्रतिनिधि टोलीलाई आज पाकिम ग्रीनफिल्ड विमानस्थलमा राज्यका शहरी विकास विभागीय सचिव एमटी शेर्पाले स्वागत जनाए।

यस अवधि विभागीय अतिरिक्त मुख्य अभियन्ता सञ्जय कुमार सिंह, शहरी विकास विभागका अतिरिक्त प्रमुख नगर योजनाकार ग्यादेन छोपेल भोटिया, पाकिमका जिल्लापाल टाशी छोपेल लेप्चा, महकुमा अधिकारी लगायत अन्यले स्वागत जनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement