विष्णु दुलाल सहित अन्य दुईजनाले दिए एसडीएफ पार्टीबाट राजीनामा

Untitled-1-copy-191

गान्तोकः एसडीएफ पार्टीको प्रेस तथा प्रचार-प्रसार शाखाका महासचिव विष्णु दुलालले राजीनामा दिएका छन्। उनले पार्टीको पद र प्राथमिक सदस्यता दुवैबाट राजीनामा दिएका हुन्। बिहिवार एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङलाई लेखेको राजीनामा पत्रमा तथापि पार्टी छोड्नुको कुनै कारण दुलालले उल्लेख गरेका छैनन्। उनले एसडीएफ अध्यक्षलाई सम्बोधन गरेर लेखेको राजीनामा पत्रमा भनेका छन्, “ह्रदयमा गहिरो पीडाका साथ म प्रेस तथा प्रचार-प्रसार महासचिवको पद र एसडीएफ पार्टीको प्राथमिक सदस्यताबाट तत्काल प्रभावका साथ राजीनामा दिॅंदैछु। यतिका वर्षसम्म तपाईंले सिकाउनुभएको ज्ञान र अनुभवका लागि म आभारी छु।”

जानकारी गराइन्छ? २०१९ मा एसडीएफ पार्टी सरकारबाट बाहिरिए पनि पछिल्ला केही दिन अघिसम्म पनि विष्णु दुलाल पार्टीको प्रचार-प्रसार कार्यमा निकै सक्रिय रहेका थिए। विष्णु दुलालसॅंगै रिनाक निर्वाचन क्षेत्रका भेषराज अधिकारी र गजेन रिजालले पनि एसडीएफबाट राजीनामा दिएका छन्। गजेन रिजाल पार्टीको मजदूर मोर्चामा सचिवको पदमा र भेषराज अधिकारी विद्यार्थी मोर्चामा जिल्ला संयोजकको पदमा रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement