शुभेन्दुको दाबीः बंगाल पुलिसले राजवंशी समुदायको युवकको गोली हिर्काई हत्या गर्यो

99443780.png

कोलकाता: वरिष्ठ भाजपा विधायक एवं नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले बिहीवार दाबी गरेका छन् कि पश्चिम बंगाल पुलिसले राजवंशी समुदायको युवतको गोली हिर्काई हत्या गरेको छ। उत्तर दिनाजपुरको कलियागंजमा राजवंशी समुदायको नाबालिग कथित रूपमा सामूहिक दुष्कर्मपछि हत्या मामिलालाई लिएर भईरहेको विरोध प्रदर्शन र पुलिसमाथि हमलाबीच उनको यो आरोप अत्यन्तै महत्वपूर्ण छ। अधिकारीले दाबी गरेका छन्, पश्चिम बंगाल पुलिसले कालियागंजमा ३३ वर्षको एक राजबंशी युवकको हत्या गर्यो। उत्तर दिनाजपुर जिल्लामा हालमा एक केटीको हत्यापछि भएको हिंसाको निम्ति पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा भारतीय जनता पार्टी (भाजपा) लाई दोषी ठहर गरिएको एक दिनपछि राज्यमा विपक्षका नेता शुभेन्दु अधिकारीले पुलिसले यहाँ भाजपा पंचायत समिति सदस्यको घरमा पसेर युवकको गोली हिर्काई हत्या गरेको आरोप लगाएका छन्। अधिकारीले ट्वीट गरे, ममताको पुलिसले मध्यरातमा भाजपा पंचायत समितिका सदस्य बिष्णु बर्मनको घरमा छापा मार्यो, तर उनी भेटिएनन्। उसले मृत्युञ्जय बर्मन नाम गरेको ३३ वर्षीय एक राजवंशी युवकको निर्ममतापूर्वक गोली हिर्काई हत्या गर्यो। उनले भने, बुधवार दिउँसो एक प्रेस कन्फ्रेन्समा ममता ब्यानर्जीले कालियागंजका मानिसहरू विरूद्ध युद्धको घोषणा गरेकी थिइन् र केही घण्टामै पुलिसले त्यसको पालन गयो। उनले राज्य पुलिसद्वारा गरिएको यस नृशंस हत्याको जिम्मा लिनुपर्नेछ। यस प्रकारको आन्तरिक हिंसा र रक्तपात विरूद्ध मानिसहरूले लोकतान्त्रिक तरिकाले आवाज उठाउनुपर्छ।

About Author

Advertisement