अपरेशन कावेरी अन्तर्गत लगभग २००० भारतीयलाई सूडानबाट निकालियो

Untitled-1-copy-189

नयाँ दिल्लीः विदेश सचिव विनय मोहन पात्राले बिहीवार बताए, गृह युद्धको सामना गरिरहेको सूडानबाट अहिलेसम्ममा १७०० देखि २००० भारतीयलाई निकालिसकिएको छ। विदेश सचिव विनय मोहन क्वात्राले एक विशेष पत्रकार वार्तामा युद्धग्रस्त सूडानबाट भारतीय नागरिकहरूको निकासी बारे सविस्तार जानकारी गराए।

उनले भने, गत १५ अप्रेलदेखि सूडानमा युद्ध शुरू भएदेखि नै हामीले निरन्तर स्थितिमाथि निगरानी राख्दै आइरहेका छौं। हाम्रो अनुमान छ, सूडानमा लगभग ३५०० भारतीय तथा १००० पीआईओ छन्। सूडानमा मृत्यु भएको एक भारतीयको शव अहिले पनि खार्तूममै छ। दूतावास सबै हितधारकहरूको सम्पर्कमा छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement