बंगालमा अर्को सातादेखि पारा फेरि बढ्ने

garmi-e1649754588435

कोलकता: कोलकाता सहित पुरै राज्यमा छिटपुट वर्षाका कारण चर्को गर्मीबाट अस्थायी राहत भएको छ। तर, आगामी सातादेखि फेरि तापक्रम बढ्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार कोलकताको न्यूनतम तापक्रम २७.४ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस थियो। दुबैको तापक्रम सामान्य छ। बुधबार साँझ परेको पानीका कारण तापक्रममा केही गिरावट आएको छ। आज पनि आकाश बादल छ र कोलकाता बाहेक हावडा, हुगली, उत्तर र दक्षिण २४ परगना, पूर्व र पश्चिम मेदिनीपुर, बांकुरा, उत्तर र दक्षिण दिनाजपुर र पुरुलिया, जंगलमहलका फराकिलो क्षेत्रमा हल्का वर्षाको सम्भावना छ। जसका कारण तापक्रम अझै घट्ने छ। तर, साताको अन्त्यपछि फेरि एकपटक वर्षा रोकिने र तापक्रम बढ्न थालेपछि गर्मी बढ्ने छ।

About Author

Advertisement