प्रीमियर लीगः आर्सनल विरुद्ध म्यानचेष्टर सिटीको जीत, फेरि हाऱ्यो चेल्सी

photocollage_2023427115742386.jpg

२७ अप्रेलः ईंग्लिश प्रीमियर लीगको जारी सीजनमा म्यानचेष्टर सिटीले शीर्ष स्थान हासिल गर्ने दावेदारीलाई अझ मजबूत बनाउँदै आर्सनल विरुद्ध असाधारण जीत हासिल गऱ्यो। यसबीच चेल्सीले चाहिँ खराब फर्मबाट मुक्ति पाउन सकेन अनि फेरि हारको सम्मुखीन भयो जबकि लिभरपूलले आफ्नो म्याच जित्यो। बुधवार राति खेलिएको म्याचमा म्यानचेष्टर सिटीले शीर्ष स्थानमा रहने आर्सनललाई ४-१-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड एतिहाद स्टेडियममा ५२ प्रतिशत पोजेशनको साथ खेल्ने सिटीले म्याचको दुवै हाफमा २-२ गोलको साथ आर्सनलको चुनौतीलाई माटोमा मिलायो। विजेता टीमबाट केविन डी ब्रूयेनले सातौं र ५४औं मिनटमा २ गोल गरे। यसबाहेक जोन स्टोन्सले मध्यान्तर अघि स्टपेज टाइमको पहिलो मिनट अनि एर्लिंग हालाण्डले म्याच सकिन अघि स्टपेज टाइमको पाँचौं मिनटमा गोल गरे। यसरी आर्सनलबाट एकमात्र गोल रब होल्डिंगले ८६औं मिनटमा छिराए। यस हारपछि पनि आर्सनल ३४ वटा म्याचमा ७५ पोइण्टको साथ प्रीमियर लीग टेबलको शीर्ष स्थानमा कायम रह्यो तर अहिले उनीहरूसँग दोस्रो स्थानमा रहने सिटीभन्दी केवल २ पोइण्ट अधिक रहेको छ। यसबाहेक सिटीले दुईवटा म्याच कम्ती पनि खेलेको हुनाले पेप ग्वार्डियोलाको टीमसँग चाँड़ै शीर्ष स्थानमा पुग्ने मौका रहेको छ।
यसबीच लिभरपूलले वेष्ट ह्याम युनाइटेड विरुद्ध २-१-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्डमा लुकास पाक्वेटाले १२औं मिनटमा गोल गरी वेष्ट ह्यामलाई बढ़त दिलाए तर ठीक ६ मिनटपछि कोडी गाक्पोले गोल गरी लिभरपूललाई १-१-को बराबरीमा पुऱ्याए। अन्तमा जोएल माटिपले ६७औं मिनटमा गोल गरी जुर्गेन क्लोपको टीमलाई जीत दिलाए। यस जीतपछि लिभरपूल ३२ वटा म्याचमा ५३ पोइण्टको साथ छैटौं स्थानमा पुग्यो। वेष्ट ह्याम ३४ पोइण्ट लिएर १४औं स्थानमा रहेको छ। सिटी र लिभरपूलको विपरीत चेल्सीले चाहिँ ब्रेण्टफोर्ड विरुद्ध म्याचमा ०-२-ले हारको सामना गर्नु पऱ्यो। आफ्नो होम ग्राउण्ड स्टामफोर्ड ब्रीजमा ७३ प्रतिशत पोजेशनको साथ खेले पनि फ्रांक लाम्पार्डको टीमले मौकाहरूलाई काममा लगाउन सकेन। चेल्सीका खेलाड़ी सेसार एजपिलिकुएटाले ३७औं मिनटमा आत्मघाती गोल गर्दा ब्रेण्टफोर्डलाई बढ़त हासिल भयो। त्यसपछि सब्स्टीट्यूड खेलाड़ी ब्रायन एम्बेउमोले ७८औं मिनटमा गोल गरी ब्रेण्टफोर्डलाई २-०-ले जीत दिलाए। चेल्सीको यो प्रीमियर लीगको जारी सीजनमा १३औं हार हो अनि टीम अहिले ३२ वटा म्याचमा ३९ पोइण्ट लिएर ११औं स्थानमा रहेको छ। यसरी नवौं स्थानमा रहने ब्रेण्टफोर्डसँग ४७ पोइण्ट रहेको छ। प्रीमियर लीगको अन्य एउटा म्याचमा नटिंघम फरेष्टले ब्राइटनलाई ३-१-ले पराजित गऱ्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *