ला लीगाः बार्सिलोनाको अप्रत्याशित हार, एट्लेटिको विजयी

IMG-20230427-WA0114.jpg

२७ अप्रेलः स्पेनिश ला लीगा फूटबलको शीर्ष स्थानमा रहने बार्सिलोनाले अप्रत्याशित हारको सामना गर्नु पऱ्यो। बुधवार राति खेलिएको म्याचमा बार्सिलोनालाई रायो भालेकानोले २-१-ले पराजित गऱ्यो। म्याचमा ३९ प्रतिशत पोजेशनको साथ खेल्ने होम टीमबाट अल्वारो गार्सिया रिवेराले १९औं मिनटमा पहिलो गोल गरे। त्यसपछि फ्रान गार्सियाले ५३औं मिनटमा अझ एक गोल थपेर रायो भालेकानोको बढ़तलाई २-० पुऱ्याए। म्याचमा एकाधिक मौका गुमाउने बार्सिलोनाबाट अन्तमा रोबर्ट लेवाण्डोस्कीले ८३औं मिनटमा १ गोल गरे। यस हारपछि पनि बार्सिलोना ३१ वटा म्याचमा ७६ पोइण्टको साथ ला लीगा टेबलको शीर्ष स्थानमा कायम रह्यो। अहिले उनीहरूसँग दोस्रो स्थानमा रहने रियल म्याड्रिडभन्दा ११ पोइण्ट धेर रहेको छ। यसरी रायो भालेकानो चाहिँ ४३ पोइण्टको साथ नवौं स्थानमा पुग्यो। यसबीच एट्लेटिको म्याड्रिडले मालोर्कालाई ३-१-ले पराजित गरी लीग खिताब जित्ने सम्भावनालाई जीवित राख्यो। आफ्नो होम ग्राउण्ड सिभिटास मेट्रोपोलिटान स्टेडियममा ५९ प्रतिशत पोजेशनको साथ खेल्ने एट्लेटिको म्याड्रिडबाट रोड्रिगो डी पल, अल्वारो मोराटा र यानिक कारास्कोले गोल गरे। यसरी मालोर्काबाट मातिजा नास्टासिकले २०औं मिनटमा गोल गरे। यस जीतपछि एट्लेटिको म्याड्रिड ३१ वटा म्याचमा ६३ पोइण्टको साथ तेस्रो स्थानमा कायम रह्यो। ला लीगाको अन्य एउटा म्याचमा सेल्टा विगोले एल्चेलाई १-०-ले पराजित गऱ्यो।

About Author

Advertisement