गान्तोक: राजधानी गान्तोकमा हाल पिउने पानीको जटिल समस्यालाई ध्यानमा राखेर सिक्किम ट्रक चालक संगठन केन्द्रिय कार्यालय तादोङ गान्तोकका अध्यक्ष धनबहादुर छेत्री, कार्यकारी अध्यक्ष रमेश शर्मा, उपाध्यक्ष पूर्ण राई, साङ्गे तामाङ, प्रमुख सल्लाहकार आशिष राई, सल्लाहकार सुनिल गुरुङ, एरिया प्रभारी सनिल राई तथा अन्यान्य सदस्यहरुको विशेष उपस्थितिमा हिजो आइतबार देवराली स्कूल रोड देवराली, आईसीएआर ग्रिन्डेल स्कूल एरिया, तादोङ, सिच्छे अनि विभिन्न स्थानमा पिउने पानी वितरण गरियो। बोजोघारी माने डाँड़ा ल्हासा झरनाको पानी सिन्टेक्स अनि पानी बोक्ने ट्यांकी ट्रकमा लोड गरेर लिएर गान्तोक वरिपरिका मानिसहरुलाई पानी वितरण गरिएको जानकारी संगठनका कार्यकारी अध्यक्ष रमेश शर्माले दिएका छन्।

व्यापक समस्या आइपरेको बेलामा पिउने पानी पाएकोमा लाभार्थीहरुले सिक्किम ट्रक चालक संगठनको यस कार्यको खुलेर प्रशंसा गरिरहेका छन्।