गेजिङमा प्रदेश भाजपाको जिल्लास्तरीय समन्वय सभा

IMG-20230424-WA0342.jpg

गेजिङ। भारतीय जनता पाटीको जिल्लास्तरीय समन्वय सभा आज यहाँको पाण्डे कोलनीस्थित पार्टी कार्यालयमा प्रदेश भाजका अध्यक्ष डीआर थापको अध्यक्षतामा सम्पन्न भयो। सभामा विधायक एनके सुब्बा, विधायक केएस लेप्चा, पार्टीका उपाध्यक्ष अर्जुन राई, जिल्लाका अध्यक्ष डिगम सुब्बा, विभिन्न समष्टिका मण्डलगण, पार्टीका विभिन्न तहका कार्यकर्ता र महिला मण्डलको उपस्थिति थियो। भारतीय जनता पार्टले जिल्ला, जिल्लामा यसरी सभा गरेर पद प्रदान गर्ने कार्य गरिरहेका छन।
गेजिङ जिल्लाको निम्ति डिगम सुब्बाले पुनः अध्यक्ष चयन गरिएको छ। यसरी नै चारवटा समष्टिबाट मण्डल अध्यक्ष पनि नियुक्ति गरिएको छ। पार्टीले विभिन्न युवा चेलीलाई पनि जिम्मेवारी प्रदान गरेको छ। सभामा बीजेपी सिक्किमका अध्यक्ष डीआर थापाले पार्टीलाई मजबुत र सशक्त बनाउन सबैले सामुहिक जिम्मेवारी लिनुपर्ने बताएका छन। सभामा विधायक एनके सुब्बा, अर्जुन राई साथै अन्यले पनि सम्बोधन गरेका थिए।

About Author

Advertisement