नयाँ दिल्ली: राजधानीमा सोमबार जीः२० को तेस्रो शिक्षा वर्किङ ग्रुपको बैठकको परिप्रेक्ष्यमा स्थानीय आईएमएमटी परिसरमा आयोजित `ट्रान्सफार्मिङ लजिस्टिक फर कोस्टल इकोनमिक विद अ फोकस अन सस्टेनेबिलिटी’- सम्मेलनको केन्द्रिय कौशल विकास, उद्यमिता एवं सूचना प्रौद्योगिकी राज्य मन्त्री राजीव चन्द्रशेखरले उद्घाटन गरे। यस अवसरमा केन्द्रिय राज्यमन्त्री चन्द्रशेखरले भने, युवा भारतका विद्यार्थीहरू कुनै पनि प्रकारको विमर्श वा चर्चाको सबैभन्दा महत्वपूर्ण घटक हुन्। उनले विद्यार्थीहरूलाई आफ्नो करियरमा स्किल जस्ता महत्वपूर्ण विषयलाई सामेल गर्ने आग्रह गरे।
यस अवसरमा केन्द्रिय राज्यमन्त्री चन्द्रशेखरले भने, युवा भारतका विद्यार्थीहरू कुनै पनि प्रकारको विमर्श वा चर्चाको सबैभन्दा महत्वपूर्ण घटक हुन्। उनले विद्यार्थीहरूलाई आफ्नो करियरमा स्किल जस्ता महत्वपूर्ण विषयलाई सामेल गर्ने आग्रह गरे। यसपूर्व केन्द्रिय राज्यमन्त्री चन्द्रशेखरलाई बिहान एयरपोर्टमा नेशनल स्किल डेभलपमेन्ट कर्पोरेशनका प्रमुख मयंक भटनागर, क्षेत्रीय प्रमुख भावना वर्मा, राज्यका एंगेजमेन्ट अधिकारी स्मृति रंजन बिश्वाल तथा राज्य सरकारका अन्य अधिकारीहरूले स्वागत जनाए। स्मरण गराइन्छ, राजधानी भुवनेश्वरमा जी-२० एजुकेशन वर्किङ ग्रुप सम्मेलन गए २३ अप्रेलदेखि शुरू भएको थियो भने आगामी २८ अप्रेलसम्म चल्नेछ। आईएमएमटी परिसरमा आयोजित यस पाँच दिवसीय सम्मेलनमा भविष्यको कार्यशैलीलाई लिएर प्रदर्शनी, बैठक एवं सेमिनार आयोजना गरिनेछ।