मंगनः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य र प्रथम महिला कुमुद देवी सोमवार ‘गाउॅंमा राज्यपाल’ कार्यक्रम अन्तर्गत पॉंच दिवसीय भ्रमणमा मंगन पुगेका छन्। यसावधि राज्यपाललाई गार्ड अफ् अनरका साथ स्वागत जनाइयो। राज्यपाल आचार्यले न्यानो स्वागतको निम्ति आभार व्यक्त गरे। उनले आत्मनिर्भर भारतको महत्वमाथि प्रकाश पार्दै भारतको सम्प्रभुता, एकता र अखण्डतालाई कायम राख्न जिम्मेवार नागरिकहरूको आवश्यकतामाथि बल दिए। उनले सबैलाई राष्ट्रको विकासको उद्देश्यका साथ काम गर्न आग्रह गर्दै राष्ट्रको विकासमा किसानहरूको अपरिहार्य भूमिकामाथि पनि प्रकाश पारे। राज्यपालले राज्यका सुदूर गाउॅंहरूमा विकास गर्नुपर्ने आवश्यकतामाथि पनि बल दिए।
राज्यपालले जिल्लाका अधिकारीहरूलाई यस्ता पहलहरू अपनाउन आह्वान गरे जसद्वारा गाउॅंहरूलाई आत्मनिर्भर बनाउन सकियोस्। यस अघि, सम्बन्धित विभागका प्रतिनिधिहरूले विभिन्न विभागका योजनाहरूमाथि संक्षिप्त रिपोर्ट प्रस्तुत गरेका थिए। राज्यपालले नागामा बुङथिङ हाउसको भ्रमण गरे। राज्यपाल मंगनबाट लाचुङ प्रस्थान भए। क्षेत्र विधायक तथा मन्त्री साम्डुप लेप्चा तथा अन्य गणमान्य व्यक्तिहरूले राज्यपाललाई स्वागत जनाए।