अलिपुरद्वार नागरिक मञ्चद्वारा मशाल जुलूस

8c7e6ce4-f086-453b-b573-fd57d7830c0a

कालचिनीः राज्यमा भईरहेको महिला उत्पीडन एवम् सामुहिक दुष्कर्मीको प्रतिवादमा सोमबार साँझ अलिपुरद्वार सहरमा महिलाहरूले निकाल्यो मशाल जुलूस। मूलतः गत केही दिन अघि मात्र कालियागञ्जमा एउटी नाबालिकालाई सामुहिक दुष्कर्मी पश्चात नृशंस हत्या गरीएको र पुलिसले उक्त नाबालिकाको शवलाई अमानवीय तरीकाले घिसारेर तानेको औ यो मात्र नभएर दिनहुँ महिला औ युवतीहरू असुरक्षित बन्दै गईरहेको बताउँदै अलिपुरद्वार नागरिक मञ्चको पक्षबाट मानसी बर्मनले जुन राज्यमा एकजना महिला मुख्यमन्त्री छन् र जुन देशको राष्ट्रपति एकजना महिला नै छन् त्यही देशमा राज्यमा र गाउँ सहरहरूमा नारीहरू सामुहिक दुष्कर्मको शिकार हुन परीरहेकोले यसको प्रतिवादमा मशाल जुलूस निकालिएको जनाएकी छन्। सोमबार उक्त मशाल जुलूस अलिपुरद्वार कोर्ट परिसरबाट अलिपुरद्वार चोपति पुगेर समापन भएको थियो।

About Author

Advertisement