जीर्ण सडक मर्मतको माग गर्दै सडक जाम

photocollage_2023424173543582.jpg

जलपाइगढीः राष्ट्रिय राजमार्ग ३१ संलग्न रहेको जलपाइगढीको मोहित नगर गोलघुम्ती क्षेत्रमा एउटा फ्लाईओभर छ। यो फ्लाईओभर छेउको सर्भिस रोड विगत केही वर्षदेखि मर्मत नहुँदा खाल्डा-खुल्डीले भरिएको छ। यस्तो अवस्थामा त्यहाँबाट गुड्ने सवारी साधन, मोटरसाइकल, टोटो, रिक्साहरू दुर्घटनाको सिकार भइरहेका छन्। यो सडक विगत ५ वर्षदेखि जीर्ण अवस्थामा रहेको आरोप छ। तर वैकल्पिक सडक नहुँदा सर्वसाधारण यही सडकबाट आवत-जावत गर्न बाध्य छन्। जसका कारण हरेक दिन जसो सडक दुर्घटना हुने गर्छ। यो सर्भिस रोड मर्मतको माग गर्दै स्थानीयवासी र वाम टोटो चालक युनियनका सदस्यहरूले सोमबार दिउँसो सडक अवरुद्ध गरे। करिब ३० मिनेटसम्म सडक अवरुद्ध गरियो। पछि सडक मर्मत गर्ने आश्वासन पाएपछि जाम हटाइएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement